काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा कांग्रेसकै एक समूहले प्रतिपक्षी दल नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ ।
जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको कांग्रेस डडेलधुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गरेका छन् ।
पछिल्लो एक दशक कांग्रेस डडेलधुराको नेतृत्व गरेका मल्ल डडेलधुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् ।
२०४७ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।