काठमाडौं । साताको कारोबारको छैठौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १२ सयले बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।