• फाल्गुन २४ २०८२, आईतवार

घोषणापत्रमै एमसीसीको विरोध

बैशाख १६ २०७९, शुक्रबार

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले स्थानीय तहको निर्वाचन घोषणापत्रमा एमसीसी सम्झौतादेखि श्रीलंकाको आर्थिक संकटसम्मका विषयलाई समेटेको छ ।

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले बिहीबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै एमसीसीलाई ‘अमेरिकी स्वार्थका लागि भएको लगानी’ को संज्ञा दिए ।

भ्लोदिमिर जेलेन्स्की नवनाजीवादी र फासीवादीको सहयोगमा युक्रेनी राष्ट्रपतिमा निर्वाचित भएको दाबी गर्दै नेमकिपाले ‘जेलेन्स्कीले युरोपमा युद्ध फैलाउन अमेरिकालाई गुहारेको’ जनाएको छ ।

काठमाडौंको फोहोर व्यवस्थापन ठूलो चुनौती रहेको उल्लेख गर्दै ल्यान्डफिल साइट १५र२० वर्षलाई पुग्ने किसिमको बनाउनुपर्ने, जग्गा अधिग्रहणलगायत कार्य महानगरपालिका आफैंले मात्र गर्न नसक्ने हुँदा संघीय सरकारले समेत यसमा सघाउनुपर्ने उल्लेख छ  ।

गत निर्वाचनमा आफ्नो दलका तर्फबाट कालीकोट, जुम्ला, दैलेख र भक्तपुरमा विजयी जनप्रतिनिधिले स्वास्थ्य, शिक्षा, सिँचाइ, खानेपानी र सडक क्षेत्रमा उदाहरणीय सेवा प्रदान गरेको नेमकिपाको दाबी छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।