• आश्विन ९ २०८१, बुधबार

ट्युसन पढाउँछु भन्ने गगन थापालाई ओलीको जवाफ- बहसमा आउनुस्

बैशाख १५ २०७९, बिहीबार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्युसन पढाउँछु भन्ने कंग्रेस महामन्त्री गगन थापालाई बहस गर्न आह्वान गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए । महामन्त्री थापाको यहि अभिव्यक्तिलाई ओलीले जवाफमा यस्तो बताएका हुन् ।

ओलीले आफ्नो पार्टीले जारी गरेको घोषणापत्रको सन्दर्भमा कोहि बहसमा उत्रिन कोहि ट्युसन क्लास चलाउछु भन्नेहरुलाई व्याङ्ग्यात्मक शैलीमा जवाफ दिदैं बहस गर्न तयार रहेकोे बताए ।