काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले आफूहरुले अल्मुताइरीले दिएको मानसिक शोषण बसेको बताएका छन् ।
उनीहरुले अल्मुताइरीले लामो समयदेखि आफूहरुको व्यक्तिगत विषयहरुलाई पनि लिएर मानसिक शोषण गर्ने गरेको बताए ।
‘फेसबुक पोष्टदेखि लिएर आफ्नो अन्तवार्ता सेयर गर्न अल्मुताइरीले सर्कुलर दिन्थ्ये । हामी त्यही गर्थ्यौं । फेसबुकको पोष्ट पनि उनलाई सोधेर लेख्नुपर्ने अवस्था थियो,’ खेलाडी विशाल राईले भने । विशालले अल्मुताइरीले कपाल र हातको ट्याटुको विषयमा पनि वहाना बनाएर धम्काउने गरेको बताए । त्यस्तै अनन्त तमाङले अल्मुताइरीले आफ्नो अन्तरवार्ता र फेसबुक पोष्ट पनि सेयर गर्न लगाउने गरेको बताए ।
‘प्रशिक्षकले आफ्नो फेसबुक पोष्ट पनि सेयर गर्न लगाउनु हुन्थ्यो । उहाँको अन्तरवार्ता पनि सबै खेलाडीले सेयर गर्नु पर्ने हुन्थ्यो,’ तामाङले भने ।