काठमाडौँ। साताको कारोबारको पाँचौं दिन बिहीबार पनि नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा एक हजारले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।