• मंसिर १४ २०८१, शुक्रबार

सिवाईसी लघुवित्तको आईपिओ बाँडफाँट

बैशाख १५ २०७९, बिहीबार

काठमाडौँ। सिवाईसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे आईपिओ बाँडफाँट गरेको छ। प्रबन्धक ग्लोबल आईएमई क्यापिटले बिहीबार बिहान नक्सालस्थित आफ्नै कार्यालयमा शेयर बाँडफाँट गरेको हो।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपिओ २२ लाख ५ हजार ६३३ जनाकाे आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ ।

लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदनहरूलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।

त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।