काठमाडाैं । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा भीडभाड नगर्न ध्यानाकर्षण गरेको छ ।
मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो संख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा जानकारी गराएका छन् ।
परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्वीर वा भिडियो नलिन आग्रह गरेका हुन् ।