काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।
बुधबार मन्त्रालयले एक सूचना निकाल्दै जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर डोज खोप लगाउन आग्रह गरेको हो ।
साथै, मन्त्रालयले १८ वर्ष उमेर समूहमाथिकाले अन्य कम्पनीको दुई मात्रा खोप लिइसकेको तीन महिना पुगिसकेकालाई पनि बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार नजिकैको वडा कार्यालयमा सम्पर्क गरी खोप लगाउन सकिने छ।