• मंसिर १२ २०८१, बुधबार

केलेनीले किन लिदैछन् अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास ?

बैशाख १३ २०७९, मंगलवार

एजेन्सी । इटालियन कप्तान जर्जियो केलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारीमा रहेका छन् । उनले अर्जेन्टिनाबिरुद्धको खेलपछि सन्यास लिने बताएका छन् ।

‘यदी म फिट रहे भने म वेम्बलीमा खेल्नेछु र त्यसपछि राष्ट्रिय टिमबाट विदा लिनेछु, जहाँ म मेरो करियरको सबैभन्दा उच्च विन्दुमा हुनेछु,’ केलिनीले भने, ‘अर्जेन्टिना जस्तो टिमसँगै खेल्दै इटालीको राष्ट्रिय टिमबाट विदा लिन पाउनु निकै खुसीको कुरा हो । अर्जेन्टिनाविरुद्धको खेल इटालीको राष्ट्रिय टोलीबाट मेरो अन्तिम खेल हुनेछ ।’ करिव दुई दशक लामो फुटबलमा करियरका दौरानमा उनले १ सय १६ वटा खेल खेलेका छन् ।

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीच जुन एकमा खेल हुने तालिका छ । युभेन्टसका कप्तान समेत रहेका ३७ वर्षीय केलिनीले इटाली सन् २०२० को युरोपियन च्याम्पियन बन्दा टोलीको नेतृत्व सम्हालेका थिए ।