एजेन्सी । उत्तर कोरियाली नेता किम जोङले आणविक शक्तिमा विश्वकै बलियो देश बन्ने घोषणा गरेका छन् ।
कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको कार्यक्रममा किमले सम्बोधन गर्दै आणविक शक्तिमा थप विकास गर्ने योजनामा रहेको बताएका हुन् । ‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अबलम्बन गर्नेछौं,’ किमले भने।
उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ।