काठमाडौँ। उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने बताएका छन्।
कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै उनले आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका हुन्।
“हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अबकम्बन गर्नेछौं,” किमले भने।
उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ। -एजेन्सी