• मंसिर ८ २०८१, शनिबार

उम्मेदवारी दर्ता गर्नेक्रममा दलहरुबीच हानथाप हुँदा निर्वाचन कार्यालय बन्यो रणभूमि

बैशाख १३ २०७९, मंगलवार

काठमाडौं । स्थानीय तहको उम्मेदवार दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय रणभूमिमा परिणत भयो ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र–एकीकृत समाजवादीबीच बनेको गठबन्धनमा असन्तुष्टि पैदा हुँदा झडपको स्थिति पैदा भयो ।

माओवादी–माओवादी नै झडप र हानठोकका उत्रिँदा निर्वाचन अधिकृतको कार्यालय युद्धभूमिमा बदलियो । एकल जित्ने वडा समाजवादीलाई दिएको र टिकट बाँडफाँडमा नेतृत्वले मनोमानी गरेको भन्दै कार्यकर्ता नेतृत्वमाथि नै जाइ लागे ।

मनोनयन दर्ताको क्रममा झन्डै एक घण्टा माओवादी–माओवादी नै भिडे । निर्वाचन अधिकृतको कार्यालय रहेको चौतारा साँगाचोकगढी नगपालिका भवनको झ्याल ढोकाका अधिकांश सिसा फुटाइएका छन् ।

उनीहरूले भवनमा ढुंगा बर्साएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । यो समाचार नागरिक दैनिकमा छ ।