काठमाडौं । सत्तारुढ गठबन्धन आबद्ध पाँच दलले गठबन्धनबाहिरका अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन् ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले ७७ वटै जिल्लामा तालमेल गर्दा गठबन्धन आबद्ध दलबीच मात्रै गरिने निर्णय गरेको हो ।
बैठकले सोमबार मनोनयन दर्ता गर्नुअघि गठबन्धन बैठक बसी नमिलेका स्थानीय तहमा भागबन्डा मिलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।