• आश्विन ८ २०८१, मंगलवार

राप्रपा वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : राजेन्द्र लिङ्देन

बैशाख १० २०७९, शनिबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा स्थापित हुने बताएका छन् ।

गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा अबको निर्वाचनबाट जनताको बीचमा आउने विश्वास व्यक्त गरे ।

हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए।

उनले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँको नाम घोषणा समेत गरे ।