• मंसिर १२ २०८१, बुधबार

पुटिनको समर्थनमा र्‍यालीमा सहभागी ओलम्पिक च्याम्पियन रायलोवलाई ९ महिना प्रतिबन्ध

बैशाख १० २०७९, शनिबार

एजेन्सी । रुसका ओपम्पियन एवजेनी रायलोवलाई पौडी खेलको विश्वविख्यात संस्था ‘फिना’ ९ महिनाको लागि प्रतिबन्ध लगाएको छ। एवजेनीलाई युक्रेनमा रुसको आक्रमणको समर्थन गरेबापत यो प्रतिबन्ध लगाइएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्च महिनामा मस्कोमा भएको कार्यक्रममा सम्बोधन गरेका थिए । सो सम्बोधन र्‍यालीमा रायलोभ सहभागी थिए । यी सबैले युद्धको समर्थनमा ‘जेड’ अक्षर लेखिएको कपडा लगाएका थिए । उनले टोक्यो ओलप्पिकमा रायलोवले १०० मिटर र २०० मिटर प्रतियोगितामा गोल्ड मेडल जितेका थिए। रायलोवलाई फिनाले आयोना गर्ने सबै प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ ।