• मंसिर १४ २०८१, शुक्रबार

आइतबारदेखि अत्यावश्यक कामबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्ने : निर्माण व्यवसायी महासंघ

बैशाख ९ २०७९, शुक्रबार
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले  आइतबारदेखि अत्यावश्यक कामबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी ‘निर्माण होलिडे’ गर्ने भएका छन् ।

आज काठमाडाैंमा महासंघले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं-२ तत्काल जारी गर्न पटक-पटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलन गर्नुपरेको बताएको छ ।

निर्माण व्यवसायीहरुले विभिन्न निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा अत्यधिक मूल्यवृद्धिको समस्या समाधान नगरेसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै आउँदाे आइतवारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी ‘निर्माण होलिडे’ गर्ने भएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामग्री आयात गर्न समस्या भएको साथै बैंकहरुले पनि लगानी नगरिरहेको कारण निर्माणको गतिविधि गर्नुपर्ने समयमा गति बढाउन नसकेको बताउदै मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न मागसमेत गरे ।

आउँदो १३ गते मङ्गलबारदेखि महासंघले आफ्ना ७७ जिल्ला महासंघहरुले जिल्ला प्रशासन कार्यालय र ७ वटै प्रदेश महासंघहरुले मुख्यमन्त्रीको कार्यालय प्रत्यक दिन एक घण्टा  धर्ना गर्ने पनि जानकारी दिएका छन् ।