डडेल्धुरा । मनोनयन दर्ता गर्ने समय तीन दिनमात्रै बाँकी रहँदा पनि डडेल्धुरामा उम्मेदवारको टुंगो लागेको छैन । दलभित्रको विवाद र स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न समस्या भएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी माहोलभन्दा पनि गठबन्धनको विषय बढी चर्चामा छ । गठबन्धनसँगै दलहरुलाई उम्मेदवारको टुंगो लगाउन पनि सकस परेको देखिन्छ ।
कूल ५२ वटा वडा रहेको जिल्लामा ७४ सालको चुनावमा नेकपा (एमाले)ले सबैभन्दा बढी १९ वडा जिते हासिल गरेको थियो । त्यसपछि नेपाली कांग्रेस १७ र माओवादी केन्द्र १६ वडामा विजयी भएको थियो ।
वडादेखि पालिकासम्म उम्मेदवारमा लागेका दलहरु अहिले व्यस्त देखिन्छन् । पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरु उम्मेदवार टुंगग्याउन लागि परेका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।