काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्यमन्त्री विरोध खतिवडासंग भेट गरेका छन् ।
बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिए ।
मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको जानकारी दिए भने महानिर्देशक टेड्रोसले नेपाललाई डब्लुएचओको साथ निरन्तर रहने बताएका थिए। त
त्यस्तै बिहीबार नै महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गरेका छन् । सिंहदरबारमा भएको भेटमा दुईपक्षिय हितका बारेमा छलफल भएको बताइएको छ।