काठमाडौं । देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको २ हजार ५ सय २८ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ३ सय ४९ एन्टिजेन परीक्षणका क्रममा ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३ सय १८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।