• मंसिर १४ २०८१, शुक्रबार

सर्वोच्चको आदेशसंगै निलम्बित गभर्नर अधिकारी भाेलिदेखि  नियमित काममा फर्किने 

बैशाख ६ २०७९, मंगलवार

काठमाडाैं ।   नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दर्तागरेको रिटउपर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसंगै भाेलि बुधबारदेखि नियमित काममा फर्किने भएका छन् ।

निलम्बनमा परेका अधिकारीलाई नियमित काममा फर्कन अदालतले बाटो फुकाइदिएपछि उनले भोलिबाटै नियमित काम गर्ने भएका हुन् ।

अदालतको प्रारम्भिक निर्णयले राष्ट्र बैंकको गरिमा र स्वयत्तता जोगाएको उल्लेख गर्दै उनले भने, ‘अदालतको आदेश आएपछि भोलि देखि नै कार्यालय उपस्थित भई नियमित काम गर्छु ।’ सर्वोच्च अदालतले गभर्नर​लाई निलम्बन गरेको पत्राचार तत्कालका लागि कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।