• मंसिर ७ २०८१, शुक्रबार

कोपिला भ्याली सेवा समाजले गर्यो २ बालिकाको उद्दार

बैशाख ६ २०७९, मंगलवार

वीरेन्द्रनगर । कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लको समूहले कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर १ स्थित बादी बस्तीमा हजुरआमाको सहारामा जीवनयापन गरिरहेका २ जना बालबालिकालाई उद्धार गरेको छ ।
सो समूहले मनिसा बादी र श्रीसमा बादीलाई प्रमुख जिल्ला अधिकारीको रोहवरमा उद्दार गरेको हो । पत्रकार ललित विष्टले ती बालबालिकाको अवस्थाको बारेमा समाचार सम्प्रेषणपछि उनीहरुको उद्धार भएको हो ।

मनिसा र श्रीसमाका दिदिबहिनीले अब आवास सहित कक्षा नर्सरी देखि कक्षा १२ सम्म शिक्षा निःशुल्क हासिल गर्न पाउनेछन् ।

सो सेवा समाजले उनीहरुको सो भन्दा माथिल्लो कक्षाको शिक्षाका लागि पनि सकेको पहल गर्ने जनाएको छ ।

बादी बस्तीमा चामल वितरण :

प्राप्त समाचार अनुसार हिजो नै कोपिला भ्याली सेवा समाजले उक्त बादी बस्तीका १६ घरपरिवारका लागि १६ बोरा मसिनो चामल र २४० पिस लक्स साबुन पनि वितरण गरेको छ ।

बिपन्न ती परिवारले आफूलाई त्यसरी सहयोग गरेकोमा कोपिला भ्याली सेवा समाज सुर्खेत र सो संस्थाका अध्यक्ष टोपबहादुर मल्ललाई धन्यवाद दिएका छन् ।