• फाल्गुन २६ २०८२, मंगलवार

रुसी आक्रमण्मा परी युक्रेनमा थप ६ जनाको मृत्यु

बैशाख ५ २०७९, सोमबार

काठमाडौँ। रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ । अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् ।

देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् । क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ ।

“अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,” उनले भने । घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उनले जानकारी दिए ।