• फाल्गुन २६ २०८२, मंगलवार

किएभमा पुनः आक्रमण गर्ने रुसको चेतावनी

बैशाख ३ २०७९, शनिबार

एजेन्सी । रुसले युक्रेनको राजधानी किएभमा पुनः आक्रमण गर्ने चेतावनी दिएको छ ।

युक्रेनले रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले आक्रमण गरेमा रुसले किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी दिएको हो ।

रुसले युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप लगाउदै त्यसको जवाफमा युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल प्रहार गरेको हो ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले आफूहरुले युक्रेनी सैन्य उद्योगलाई निशाना बनाएको बताएका हुन् । युक्रेनले भने आफूले रुसी क्षेत्रमा आक्रमण नगरेको बताउँदै आएको छ ।

रुसी गाउँ क्लीमोभोमा बिहीबार युक्रेनले दुई हेलिकप्टर मार्फत बम खसालेको आरोप छ । सो घटनामा ८ जना घाइते भएको रुसको दाबी छ ।