काठमाडौं । नेपाल मगर संघका नवनिर्वाचित पदाधिकारीहरुले आज आफ्नो जिम्मेवारीको पदभार ग्रहण गरेका छन् । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र पुनमगर
काठमाडौंको कलंकीमा रहेको सो संगठनको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुले पदभार ग्रहण गरेका हुन् ।महासचिवको पदभार ग्रहण गर्दै नवनिर्वाचित महासचिव टेक नाम्जालीमगर
पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र पुनमगर, महासचिव टेक नाम्जालीमगर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु उपस्थित थिए । मगर संघका नवनिर्वाचित पदाधिकारीहरु तथा अन्य पाहुनाहरु
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई संगठनका पूर्वअध्यक्ष नविन रोकामगरले पदभार ग्रहण गराएका थिए ।
अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ज्ञानेन्द्र पुनमगरले मगर समुदायको एकताका लागि आफूले यथासम्भव काम गर्ने प्रतिवद्धता जनाए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई टिका लगाइदिंदै मगर संघका पूर्वअध्यक्ष नविन रोकामगर
अध्यक्ष पुनमगरले दलीय व्यवस्थामा मगरहरु विभिन्न पार्टीहरुमा रहेको भएपनि सिंगो समुदायको हितका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए ।
पदभार ग्रहण गर्दै संगठनका महासचिव टेक नाम्जालीमगरले आफ्नो समुदायले आफूलाई दिएको जिम्मेवारी बहन गर्नेमा कुनै कञ्जुस्याँइ नगर्ने बताए ।नवनिर्वाचित पदाधिकारीहरुलाई माला लगाइदिंदै अथार मगरात कलाकार संघका अध्यक्ष नन्द घर्तीमगर
सो अवसरमा बोल्दै सो संगठनका पूर्वअध्यक्ष नविन रोकामगरले मगर समुदायलाई फुटाउन खोज्ने षडयन्त्रका विरुद्ध आफूले लडेर सो संगठनमा एकता गराएको उल्लेख गर्दै अबको कार्यसमितिले पनि यस्ता खाले षडयन्त्रका विरुद्ध लड्नु पर्ने र त्यसमा आफूले पूर्णरुपमा साथ दिने बताए । पितृपूजाको समयमा बाजा बजाउँदै मगर महिलाहरु
उनले नयाँ कार्यसमितिलाई कार्यसफलताको बधाई पनि दिए । गत चैत्रको २५ देखि २७ गतेसम्म दाङको घोराहीमा चलेको सो संगठनको १२औं महाधिवेशनले ज्ञानेन्द्र पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
सोही कार्यसमितिलाई आज बैसाखे पूर्णीमाको अवसर पारेर प्रकृतिपूजक मगर समुदायले गर्ने विधिअनुसार पित्रृहरुको पूजा गरेर नयाँ पदाधिकारीहरुलाई पदको जिम्मेवारी सुम्पिइएको हो । पितृको नाममा काट्न तयार पारिएको भाले समाउँदै मगर युवायुवती
आज बैसाख ३ गतेलाई नयाँ पात्रो अनुसार पूर्णिमाको रुपमा पूजाआजा गर्ने गरिन्छ । मगर समुदायले आजको दिनमा आफ्ना पूर्खाहरुको स्मरणमा मठ बनाएर भाले काटी, रक्सी चढाई, चेलिबेटी बोलाई, टिका लगाई खानपिन खाई नाचगान गरी रमाइलो सहित मनाउने गर्दछन् । पूर्खाहरुको सम्झानामा पूजा गरिएको स्थान
प्रकृतिपूजक मगर समुदायले आफ्ना पूर्खाको सम्झनामा गर्ने यस्तै विधिको आधारमा सो संगठनका पदाधिकारीलाई पनि पदभार ग्रहण गराइएको हो । पूर्खाहरुको सम्झानामा पूजा गर्न स्थापना गरिएको मठ
नेपाल मगर संघ सबै पार्टी तथा संघसंस्थामा आवद्ध मगरहरुको साझा संगठन हो । पूर्खाहरुको सम्झानामा चढाइएको प्रसाद तथा फलफूल