• फाल्गुन २६ २०८२, मंगलवार

रुसी हमलामा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी

बैशाख ३ २०७९, शनिबार

काठमाडौँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । गत २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् ।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनसँगको कुराकानीका क्रममा उनले भने ।

युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ ।

मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन भने सकेको छैन् ।