• मंसिर १३ २०८१, बिहीबार

डब्ल्युएचओका महानिर्देशक नेपाल आउँदै

बैशाख २ २०७९, शुक्रबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक नेपाल आउने भएका छन् ।

महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तथा डब्ल्युएचओका दक्षिण एसिया निर्देशक तथा यूएनका सदस्य राष्ट्रहरूसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशकसहितको टोली यही वैशाख ८ गते डा. तीनदिने भ्रमणमा नेपाल आउने भएका हुन्

नेपाल भ्रमणमा आउन लागेका सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायत व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।