• मंसिर १४ २०८१, शुक्रबार

लुम्बिनी प्रदेश प्राधिकरणका सिइयो घिमिरेमाथि लाग्यो यति गम्भीर आरोप

बैशाख २ २०७९, शुक्रबार

काठमाडौं । लुम्बिनी प्रदेश प्राधिकरण आयोजनाका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेमाथि ठेकेदारसम्म मिलोमतो गरेकोदेखि कागज किर्ते गरेको सम्मको आरोप लागेको छ ।

सरकारले गठन गरेको छानबिन समितिले उनीमाथि यस्तो आरोप लगाएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का रद्द भएसँगै दबाबले काम गर्न नसकेको भन्दै राजीनामा दिएका घिमिरेमाथि छानबिन गर्न प्रदेशका महान्याधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्व गठन गरिएको उपसमितिले शुक्रबार मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा प्रमुख कार्यकारीले ठेक्का सम्झौता रद्ध गर्ने र ठेक्काको मापदण्ड बनाउने अधिकार रहेको उल्लेख गर्दै मुख्यमन्त्रीको कार्यालय कुनै हस्तक्षेप नहुने उल्लेख गरेको छ ।

प्रतिवेदनमा उपसमितिले तत्कालीन समयमा मुख्यमन्त्रीलाई गुमराहमा राख्ने काम गरेको भन्दै अन्तिममा मिडियालाई उपलब्ध गराएको पत्र किर्ते भएको उल्लेख छ ।

तत्कालिन कार्यकारी घिमिरे सार्वजनिक गरेको निणर्यमा २ पाना फेरिएका उल्लेख छ । माइन्यूटमा कानुन सचिवको हैसियतमा राजेन्द्र थापाले हस्ताक्षर नगरेको पानाहरू बाहिर गएको जनाएको छ ।

यस्तै ठेकेदारसँग सम्झौता रद्ध गर्नको लागि एउटै मिति, एउटै व्यक्तिबाट ठेक्काका लागि आवेदन दिएको बहाना गरेको उल्लेख छ ।

फरक फरक मितिमा बोलपत्र दर्ता भएको कर्मचारीले लिखित रुपमा नै उल्लेख गरेको समितिले जनाएको छ । उपसमितिका संयोजक आचार्यले किर्ते गरेको विषयमा छानबिन गर्ने अधिकार प्रहरीको बताए ।

समितिले तत्कालीन कार्यकारी घिमिरेलाई इमेल र फोनमार्फत् जवाफ दिन आग्रह गरेपनि नआएको जनाइएको छ । प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेश प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा छवि पोखरेललाई नियुक्त गरिएको छ ।