• मंसिर ११ २०८१, मंगलवार

भक्तपुर र टोखामा बिस्केट जात्राको रौनक

बैशाख १ २०७९, बिहीबार

बिस्केट जात्रा भन्ने बितिकै सबैले के सम्झिन्छन भने भक्तपुरमा मनाईने जात्रा लिंगो ठदाईने र ढाल्ने अनि भैरवको भद्रकालीको रथ तान्ने। वैशाख संक्रान्तिको चार दिन अघिदेखि सुरु गरिने आठ रात नौ दिन सम्म मान्ने बिस्केट जात्रामा पहिलो दिन भैरव र भद्रकालीको रथ तौमधिबाट माथिल्लो टोलबासीले आफ्नो क्षेत्रमा तान्न सकेमा वडा ६ साकोला दुरुत्व देवता सुकुसधोका गोलामधि देखि दतात्रय सम्म तान्दै लैजान्छन।

फेरी तौमधि मै फर्काइन्छ। त्यस्तै तलको टोलकाले तान्न सकेमा बालुचा नासंचा वंशगोपाल तेखापुखु पुर्याई पुन तौमधि मै फर्काई ल्याइन्छ। यसरि तानेर ल्याएको रथ तौमधिमा दक्षिणतर्फ रहेको गा:हितो टोलमा बिसाएर पहिलो दिनको जात्र सकाइन्छ। यसरि नै वैशाख ४ गतेसम्म विभिन्न किसिमका विधि पुर्याएर जात्रा गरी भैरवलाई बलिदिएर गुठिले सरकारी पूजा गर्छ।

यसरी नै टोखामा पनि बिस्केट जात्रा धुमधामसँग मनाइन्छ। हरेक वर्ष चैत्र मसान्त देखि वैशाक ४ गते सम्म विभिन्न किसिमका जात्रा गरिने चलन छ। टोखामा बिस्केट जात्रा ३२ हात लामो लिंगो ठड्याएर गुरु मानिन्छ। सपन गणेश च्वय माथिल्लो गणेश बनी तल्लो गणेश पिगंध मसानकाती इन्द्रायणी चन्देश्वरि र महादेवको खर जात्रा गरिन्छ।

चैत्र मसान्तका दिन उपत्यकाको चारैतिर रहेको शिवपुरी डाँडामा वास वसि बिहान सबेरै वागद्वारमा स्थान गरेर नयाँ वर्ष वैशाख १ गते टोखाको सपन तिर्थमा स्थान गरेमा पाप नष्ट भएर पुन्य प्राप्त हुने जन विस्वास छ यसरी नै ठिमीको बिस्केट जात्रामा वैशाख २ गते बिहान देखि सुरु हुने जात्रामा ३२ वटा खरको जात्रा गरिन्छ। ठिमीमा मनाइने बिस्केट जात्रामा विभिन्न ३२ देवी देवताको खत समावेस हुने भएकाले यस जात्रालाइ स्विनिख वत्तिस खटको जात्रा पनि भनिन्छ।

ठिमीको बिस्केट जात्राको रौनकको रुपमा लिईने यो वत्तिस खतको जात्रा निकै रमाइलो हुन्छ। सिन्दुर जात्रा पनि गरि मनाईने यो ३२ खतको मात्र जात्रा गर्ने गरिन्छ। यस जात्रामा विशेष गरेर मध्यपुर ठिमीको सिकीकाली गण बिष्णुवीर गण दक्षिण बनाही गण लगायत देवी देउताका खतहरुको जात्रा गरिन्छ।

बिस्केट जात्राकै सन्दर्भमा मध्यपुर ठिमीका विभिन्न स्थानहरुमा खत जात्रा गरिन्छ दक्षिण बनाही जात्रा सिद्वीकालीको गणजात्रा बिष्णुवीरको गण जात्रा सिद्वीगणेश कालिका गण जात्रा चारखण्डी जात्रा लोहकिल्यलिको सिद्वीकाली जात्रा लगायत थुप्रै देवीदेवताका खत जात्रा गर्दा ठिमीमा पनि बिस्केट जात्राको व्यापकता देखि सबै भक्तालुहरु खुसीले झुम्दै रमाउँदै नाच्दै जात्रामा रमाइलो गरिरहेका हुन्छ।

बिस्कोट जात्राकै सन्दर्भमा अर्को एउटा रोमान्चक जात्रा बोदेका मनाईन्छ। त्यो हो जिब्रो छेड्ने जात्रा। बोडेको वास्तविक नाम बुंदे हो। बुंदेय भन्नाले बुं भनेको खेत र देय भनेको देश हो अर्थात खेतको फाँटको बिचमा रहेको देश भन्ने बुझिन्छ। बुंदेयको अप्रभंश भएर बोडे हुन् गएको हो। नेपालमा कतै नभएको जात्रा बोडेमा मात्रै भएको यो जोब्रो छेड्ने जात्रा साँस्कृतिक धार्मिक ऐतिहासिक एंव तान्त्रिक भएकोले यसको व्यापक महत्व रही आएको छ।

बोडेमा ने.सं ६३३ मा राजा सुवर्ण मल्लले जम्मा ५०० वटा घरको वस्ती बनाएका हुन भनिन्छ। तर परापुर्वकालमा शंखमूल देखि उत्तरपुर्व टोखा बुदानिलकन्थ साँखु समेत राजा धर्मागतको विशाल देशको अन्तर्गत परेको एतिहासिक आधारमा भेटिएको छ। राजा बिष्णु गुप्त र राजा अंशुवर्मा कालिन संवत २९ को शिलापत्र निलबारिमा भेटिएकोले बोडे लिच्छविकाल अघि नै वस्ती रहेको प्रमाणित गर्दछ।