काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी बुधबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी एक हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।