काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थललाई थप सुरक्षित तथा चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएका दुई सदस्य पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकारलाई आज बोर्ड बैठकमा स्वागत गर्दै उनले सो निर्देशन दिएका हुन् ।
प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले नवनियुक्त सदस्यसहित सबै पदाधिकारीलाई नागरिक उड्डयन प्राधिकरणको हितका लागि काम गर्न निर्देशन दिए।