काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी मंगलबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको थियो।