• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेन : राजधानी किएभनजिकै अर्को सामूहिक चिहान फेला

चैत्र २८ २०७८, सोमबार

काठमाडौँ। युक्रेनको राजधानी किएभनजिकै अर्को सामूहिक चिहान फेला परेको बताएको छ।

रुसी फौज फिर्ता भएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँ नजिकै फेला परेको चिहानमा दर्जनौँ गैरसैनिकका शव रहेको र तीनलाई एउटा पेट्रोल पम्प नजिकै खाल्डोमा पुरिएको जनाइएको छ।

युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म उक्त क्षेत्र कब्जा गरेको थियो।

सामूहिक चिहान फेलापरेपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रिय स्तरबाट रुसको निन्दा भएको छ। तर, रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व प्रमुख आर्थिक सल्लाहकारले पश्चिमा देशहरूले रुसी ऊर्जामाथि ‘वास्तविक प्रतिबन्ध’ लगाएमा युक्रेनमा जारी युद्ध रोकिन सक्ने बताएका छन्।

उनले बीबीसीसँग कुरा गर्दै ऊर्जाको प्रयोग घटाउने अरू देशका चेतावनीलाई क्रेमलीनले गम्भिरतापूर्वक नलिएको बताए।

अघिल्लो वर्ष इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले मस्कोको सरकारको बजेटको एकतिहाइ भन्दा बढी ओगटेको थियो।

इलारीनोभले राम्रोसँग प्रतिबन्ध लगाइए युक्रेनमा जारी रुसी कारबाही एक वा दुई महिनामा नै बन्द हुने बताए।

युरोपेली सङ्घ एक्लैले रुसलाई ऊर्जाका लागि प्रतिदिन एक अर्ब युरो तिर्ने गर्छ।