• मंसिर ८ २०८१, शनिबार

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन जेठ १ बाट

चैत्र २७ २०७८, आईतवार

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स_ को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।

नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ ।

विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ । नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।