• मंसिर ८ २०८१, शनिबार

४० करोड मिलाउने आदेश नमान्दा गभर्नरलाई निलम्बन

चैत्र २७ २०७८, आईतवार

काठमाडौं । एमाले नेता सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नरलाई अहिलेको सरकारले निलम्बित गरेको बताएका छन् ।

आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको बताएका हुन ।

आफ्नो गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोदन गर्दे नेम्वाङले सरकारले राम्रो काम भन्दा पनि नकारात्मक काम गर्नमा अघि बढेको बताए ।

८८ दिनमा पूर्णता पाएको गठबन्धन सरकारका एक सय दिनका काम राम्रो गर्ने तर्फभन्दा पनि कसरी नराम्रो गर्ने तर्फ केन्द्रित भएको आरोप लगाए । यो समाचार राजधानी दैनिकमा छ ।