• मंसिर १२ २०८१, बुधबार

आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

चैत्र २६ २०७८, शनिबार

काठमाडौं ।  सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु भएको छ । शनिबारबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ ।

शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्या‍इएको छ ।

दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ ।

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ ।  तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ ।

मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।

हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ ।