म आउँदिन बा !
के तिम्रो अमेरिकामा
हरेक दिन
दश, बीस कप चिया खाई
साहित्य बारे बातचित गर्न
कोही आउँछन् त ?
अनि म एक्लै धुमधुम्ती बसौं ?
मौन ब्रत बसे जसरी ?
मलाई स्पष्ट थाहा छ
त्यहाँ द्वारिका कुइँकेलको
उखेल्दिन्छु दाह्री
निर्मल पराजुलीको लामो हरफे कविता
मेजर काकाको बाँस डोले भाका
तारा के.सीको नारी वेदना
रुद्र अधिकारीको सटिक मुक्तक
सानु शर्माको प्रेम विछोड
शान्ति शर्माको प्रकृति प्रेम
नवराज घिमिरेको नयाँ लेखनी
डा.सत्यराजको परिपक्क छन्द
कृष्णदेवको चोटिला मुक्तक
दुर्गा दिदीको उग्र साहित्य
उत्तम विचारको उत्तम प्रसङ्ग
राष्ट्र पुकारको युवा जोश
जसेन्द्र श्रीपालीको यानीमाया
दामोदर सरको रमाइलो नियात्रा
विनोद ढकालको ढाडे बिरालो,
यी सबै सबै के
मैले तिम्रो अमेरिकामा
सुन्न पाउँछु त छोरा ?
थाहा छ हिजो आज
उमेश पाण्डेको संसाक मासिक
पढ्ने बानी परेको छ ।
अनि सुन त,
प्रा.डा.रमेशराज कुवँरको
देश चिन्तन र पर्यटन
प्रा.डा.गार्गी शर्माको गाम्भीर्यता
जर्नेल तेजप्रकाश बानियाँ सरको
सबैलाई समेट्ने रहर
डा.शैलेन्दु प्रकाशको कुशल नेतृत्व
प्रशान्त डंगोलको सरल व्यवहार
सबिना सिन्धुको सहज कर्तब्य
नवराज भेटुवालको सहयोगी मन
यशोदाको सहज सहभागिता
हरिप्रसाद पाण्डेको हक्की व्यवहार
प्रदीप मैनालीको गहिरो गजल
सीता विष्ट कार्कीको नरम स्वभाव
जसध्वज गुरुङ्गको आत्मीय मुक्तक
मनिराज सिंहको खुल्ला दिल
कृष्ण राउतको लोकगीत मन
दुर्गाप्रसाद अधिकारीको विदेशी अनुभव
चन्द्रावती न्यौपानेको साहित्यिक रहर
भैरवी ढुगानाको सहज प्रस्तुती
बेनीबहादुर थापाको पुरानो यात्रा ।
धरणीधर गुरागाईंको मिठो लय
छविरमण सिलवालको कवि प्रेम
के म यी सबै अमेरिकामा पाउँछु त ?
चित्त नदुखाऊ छोरा
तिमी त्यहिँ रमाऊ, प्रगति गर
म भने यहिँ रमाउँछु छोरा !
कृष्ण के.सीको रमाइलो मन
नारायनाचार्य कौशिकीको धार्मिक लगाव
पूणर् मानन्धरको रेडक्रस प्रेम
रामभक्त घिमिरेको जय भैरव मन
गङ्गासेन कुँवरको आत्मीय भेट
दिपेन्द्र भुजेलको उन्नती इच्छा
शंकरको भद्र स्वभाव
शरद लामिछानेको जान्ने इच्छा
अरुणको नरम व्यवहार
सुब्बा बाजेको लिम्बुवान
रसुवालीको कविको उग्र साहित्य
विकास भट्टराईको निरन्तता
दामोदर ढकाल दीपकको आँट, धैर्य, सहाससँगै कर्मप्राप्ती
डा.माधव सापकोटाको नविन विचार ।
सुरेन्द्र जोशीको सरल जीवन
मनिराज डंगोलको कच्चा राजनीति
शमसेरबहादुर गाइजुको राजनैतिक बेसहारा
अम्बिका थैबको सानो झुण्ड
कुमार रंजितको साथी प्रेम
चेतनाथ धमला आफ्नोपन
तारा सरको कमाउने इच्छा
महेश कोइराला स्याङ्जाली ठिटो
नाम नआउने दाईको बढी चियो चर्चा
भण्डारी दिदीको एक्लोपन
ज्ञानमानको ओम शान्ति
जीवन हमाल मिलनसार साथी
यी सबै मान्छे र व्यवहार
पाइन्छ त त्यो अमेरिकामा ?
मेरो देश अन्धकार भयो त के भो ?
दुई करोड जना उज्यालोको
आशामा पर्खिरहेका छन्
घुसखोरीले आकाश छोए पनि
बाटो, घाटो, पुल, पुलेसा खाए पनि
बिस्तारै समाउँदैछन्
नेताहरू भ्रष्ट भयो त के भो ?
भावी नेताहरू इमान्दार आइरहेका छन्
शिक्षा, पर्यटन, स्वास्थ्य, मन्दीर र देवालयहरू
मक्किएको, भत्किएको, लथालिङ्ग भए पनि
एउटै लक्ष्यका साथ
सगरमाथा एक्लै उभिएको छँदैछ
तराई अशान्त भए पनि
पहाडी तलाउ शान्त छन्
त्यसैले मैले आशा त्यागेको छैन छोरा !
धेरै कुराहरू महसुश गर्न र हेर्न
बाँकी नै छ छोरा
अटल हिमश्रृङ्खलाका सुन्दर र मनोरम तस्वीरहरू
त्यहाँ मेरो मानसपटलमा बस्दैन छोरा
त्यसैले तिमी उतै संसार बनाऊ
म यतै संसार बनाउँछु ।
घुम्न आए पनि सधैँ बस्ने गरी
आउँदिन छोरा
आउँदिन छोरा
आउँदिन छोरा !
(अनामणिको ‘खस्रो हात’ कविता संग्रहबाट)