• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा पहिलो पटक अश्वेत महिला

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौँ। इतिहासमै पहिलो पटक अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश पदमा अश्वेत महिला नियुक्त भएकी छन् । राष्ट्रपति बाइडेनले सिफारिस गरेकी ५१ वर्षीया केतान्जी ब्राउन ज्याक्सनलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकाको माथिल्लो सदनले अनुमोदन गरेको हो।

जम्मा १ सय सदस्य रहेको अमेरिकाको माथिल्लो सदनमा ज्याक्सनको पक्षमा ५३ मत खसेको थियो भने उनको विपक्षीको पक्षमा ४७ मत खसेको थियो ।

प्रमुख प्रतिपक्षी पार्टी रिपब्लिकनका तर्फबाट सिनेटर मिट रोम्ने‚ लिसा मुर्कोस्की र सुसान कोलिन्सले समेत ज्याक्सनको पक्षमा मतदान गरेपछि उनी सर्वोच्च अदालतको न्यायाधीश बनेकी हुन् ।

योसँगै उनी सर्वोच्च अदालतकी ११६औं न्यायाधीशसमेत बनेकी छन् । करिब २ सय वर्षयता अमेरिकाको सर्वोच्च अदालतमा अहिलेसम्म महिला न्यायाधीश भएको इतिहास छैन । अमेरिकी सर्वोच्च अदालतका ८३ वर्षीय न्यायाधीश स्टेफेन ब्रेयरको कार्यकाल सकिएसँगै उनको स्थानमा ज्याक्सन आएकी हुन् ।