• मंसिर १४ २०८१, शुक्रबार

निगमको न्यारोबडी विमानबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

चैत्र २४ २०७८, बिहीबार

काठमाडौं  ।  नेपाल वायु सेवा निगमले आफ्नो न्यारोबडी विमानबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको आरए-४०२ बैंकक-काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी नाइनएन एकेडब्लु विमान १ अप्रिल २०२२ सुवर्ण भूमि विमानस्थलबाट ‘टेक अफ’गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएको थियो ।

उक्त घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेगरी निगम व्यवस्थापनले ‘क्वालिटी एस्सुरेन्स डिपार्टमेन्ट’ का निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानविन उपसमिति गठन गरी समितिले आफ्नो काम सुरु गरिसकेको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ । घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरिएको निगमले जनाएको छ ।