काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको थियो।