• बैशाख ६ २०८२, शनिबार

नेपाल भाषा अध्ययन गर्ने विद्यार्थीहरु भर्ना गराउन अपिल गर्दै नेवाः विद्यार्थी युनियन

चैत्र २३ २०७८, बुधबार

काठमाडौं । नेवार समुदायको विद्यार्थी साझा संगठन नेवाः विद्यार्थी युनियनले रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसको बि.ए. प्रथम बर्षमा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरु न्युन रहेकोले नेवाः देय् दबुलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेवाः देय् दबुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, सदस्य मनिस कुमार श्रेष्ठ (मानव) सहितका विद्यार्थी नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भनिएका छ नेवाः विद्यार्थी युनियन नेवार समुदायको साझा संगठन हो । जसको मुख्य उद्देश्य भनेकै नेवार विद्यार्थीहरुको नेवाः हक अधिकारका बारेमा चेतना जागरण गराई नेवाः विद्यार्थीहरुलाई संगठित गरी नेपाल भाषाको संरक्षण, प्रवद्र्धन गर्ने जनाइएको छ । साथै नेपाल भाषा पठनपाठन क्षमता अभिवृद्धि गर्ने लगायत विभिन्न कार्यक्रम गर्ने जनाइएको छ ।

रत्न राज्यलक्ष्मी क्याम्पस, पद्म कन्या क्याम्पस र ललितपुरको पाटन संयुक्त क्याम्पसमा त्रि.वि. नीति—नियम अनुसार १०—१० जना विद्यार्थी संख्या भएको खण्डमा मात्रै नेपाल भाषाका कक्षा संचालन गर्ने भएकाले यसै महिनाभित्र विद्यार्थीहरु भर्ना गराउन अपिल गरिएको छ ।