• मंसिर १४ २०८१, शुक्रबार

एभरेष्ट लार्ज कार्डमम बन्यो वर्षकै उत्कृष्ट निर्यातकर्ता

चैत्र २३ २०७८, बुधबार

काठमाडौँ । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७-७८ को नेपालकै सबैभन्दा उत्कृष्ट निर्यातकर्ता भएको छ ।

राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैंची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा सम्मान गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराईलाई सम्मान पत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् ।

नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ्ग, लेबलिङ्ग र प्याकेजीङ गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत वर्ष २८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको थियो ।

नेपाल सहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रशोधन उद्योग अर्जुनधारा नगरपालिका-८, झापामा स्थापित गरिएको छ । उद्योगमा भट्टराई सहित अन्य तिन व्यवसायीहरु सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी रहेको छ ।

एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।