काठमाडौँ। साताको कारोबारको चौंथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी बुधबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो (मंगलबार)चाँदी एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो।