तेहरान । मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई एक आक्रमणकारीले छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ ।
खोरासन रजावी प्रान्तका गभर्नर याग्होब-अली नाजारीले इरानी टेलीभिजनसँग भने, ‘एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ ।
घटनामा अरु दुई जना घाइते भएका छन् । आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए ।