काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्न र समृद्ध मुलुक निर्माणका लागि स्वदेशमै उत्पादनमूलक व्यवसाय बढाउनुपर्नेमा जोड दिए ।
विसं २०६२/६३ मा भएको राजनीतिक परिवर्तनसँगै सकारात्मक दिशामा अगाडि बढेको देशको अर्थतन्त्र कोरोनाको कारण पुनः चपेटामा परेको बताउदै निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर परेको बताउदै उनले उत्पादनमुलक व्यवसायमा लाग्न आग्रह गरे ।
उपराष्ट्रपति पुनले नेपाली पुँजीपतिलाई ढुक्क भएर नेपालमा लगानी गर्नसमेत आग्रह गरे ।