काठमाडौँ। सरकारले अन्तर प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सूचनामा चैत १७ को मन्त्रीस्तरीय निर्णयअनुसार आइतबारदेखि सार्वजनिक सवारीको भाडा लागू हुनेछ ।
जारी सूचनामा यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढेको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको जारी सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना