• मंसिर ११ २०८१, मंगलवार

अमेरिकी सेनाकाे नेपाल प्रवेशले ल्याएको तरङ्ग

चैत्र १९ २०७८, शनिबार

अमेरिकी सेनाका एउटा समूह काठमाडौं आएको बारेमा सत्तारुढ नेकपा माओवादीका नेता तथा सो पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सामाजिक सञ्जाल फेसबुकमा राखेको सामग्रीले आजको नेपालको राजनीतिमा तहल्का नै मच्चाएको छ ।

हुन त अमेरिकी सेना नेपाल आउनुलाई अब त्यति धेरै अनौठो मान्नु पर्ने छैन । किन कि कांग्रेस, माओवादी लगायत केही पार्टीहरुको ढिपी र विदेशी भक्तिका कारण नेपालको संसदबाट अमेरिकी एमसीसी पास भइसकेको अवस्था छ ।

एमसीसी पास भएपछि अमेरिकी सेना नेपालमा आउन सजिलो भएको छ । २ हप्ता अघि पनि अमेरिकी सेनाको एउटा जत्थाले हतियार सहित काठमाडौंमा आएर थुप्रै लजिस्टिक सामानहरु अमेरिकी दुताबासमा लिएको समाचार बाहिरीएको थियो । यता हिजो मात्रै हतियार सहित काठमाडौं आएको अमेरिकी सेनाको जहाजले के सामान ल्याएर आएको हो भन्ने कसैलाई पनि थाहा छैन ।

देव गुरुङले अमेरिकी सेना नेपालमा ! शिर्षकमा आफ्नो फेसबुकमा यस्तो लेखेका छन् । यो स्टाटस १७ घण्टा अघि राखिएको हो ।

‘आज बेलुका ६.१० बजे अन्तरराष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको एयर फोर्स, फ्लाईट नं एब्ख्भ्च् ठज्ञ बाट अमेरिकी सेनाको युनिफर्म र हातहतियार सहित १५ जना र क्रु मेम्वर १३ जना गरि कुल २८ जना अमेरिकी सेना नेपाल उत्रेको छ । विगत दुई दशकसम्म अफ्गानिस्तानमा झैं नेपालमा पनि अमेरिकी सेनाको हस्तक्षेप हुने भयो ? यसको स्पष्टता सरकारले अविलम्व गरोस् ।’

तर देव गुरुङकै पार्टी सरकारमा छ । उनी नै संसदमा माओवादीको संसदीय दलको प्रमुख सचेतक छन् । तर उनै गुरुङले नै अमेरिकी सेना नेपाल आएको बारेमा सरकारले स्पष्ट पारोस् भनेर सामाजिक सञ्जालमा विषय राख्नुले नेपालको अवस्था कहाँ पुगेको छ भन्ने स्पष्ट भएको छ ।
एमसीसी सदनबाट पास गर्ने समयमा कांग्रेस नेता गगन थापाले एमसीसी पास भएपछि अमेरिकी सेना नेपालमा आएछ भने मलाई काठमाडौंबाट निकाल गर्नुसम्म भन्न भ्याएका थिए ।

आखिर एमसीसी पास भएको २ मात्र वितेको छ, तर अमेरिकी सेना हतियार सहित नेपालमा आइसक्यो । के अब गगन थापालाई देश निकाला गर्नुपर्ने हो ? समयले त्यो अवस्था आइससकेको छ । तर यसका बारेमा खासै कोही पनि बोलेको पाइएको छैन । कांग्रेसजनहरु त बोल्ने कुरै भएन । अरु जनहरुले पनि खासै प्रतिकृया दिएका छैनन् ।

हो, यनकेन प्रकारेन नेपाल विदेशी शक्तिकेन्द्रहरुको खेलमैदान भइसकेको छ । यसका पछाडीका कारणमा विश्व राजनीति एउटा हो भने नेपाली शासकहरुपनि यसको अर्को कारण हुन् ।

विदेशी शक्तिराष्ट्रहरुको टकरावका समयमा नेपाल असंलग्न रहँदै आएको परम्परलाई देउवा नेतृत्वको गठबन्धन सरकारले तोडेको छ र आजको यो सरकार सिधै अमेरिकी कित्तामा उभिन पुगेको छ । यसले नेपाललाई हानी गर्ने अवस्था आउनेछ । समयमै बुद्धि नपुर्याउने हो भने नेपालीले दुःख पाउने अवस्था नजिकै आएको छ ।