दिपेन्द्रसिहं ऐरिको किर्तिमानी प्रर्दशनमा पाहुना टोली मलेसिया घरेलु टोलीसँग पराजित भएसँगै पपुवा न्यूगिनी टि २० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको छ।
शनिबार भएको खेलमा मलेसिया ८५ रनको फराकिलो अन्तरले पराजित भएपछि पीएनजी उपाधि नजिक पुगेको हो। सिरिजमा मलेसिया र पीएनजीले समान २ अंक भएपछि नेट रनरेटमा मलेसियालाई पछि पार्दै पीएनजी भाग्यमानी बन्दै फाइनलमा पुगेको हो।
उपाधिका लागि नेपाल र पीएनजी सोमबार खेल्नेछन्।
नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १ बल अगावै १ सय ३८ रनमा अलआउट भयो।
मलेसियालाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १९ रन खर्चे। कमल ऐरि, दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट झारे।
मलेसियाका लागि ओपनर विरन दिप सिंहले सर्वाधिक ४७ रनको योगदान दिए। कप्तान अहमल फैजले ३३ र सायद अजिजले १७ रन थपे। अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।
त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो।
किर्तिमानी ब्याटिङ गरेका नेपालका दिपेन्द्र सिंह ऐरिले ११० रनको शतकिय अविजित पारी खेलेपछि नेपालले मलेसियासामु विशाल लक्ष्य प्रस्तुत गरेको हो।
दिपेन्द्र सिह ऐरि १ सय १० रनमा नटआउट रहे। दिपेन्द्रले ५५ बलमा शतक पुरा गरेका हुन्। दिपेन्द्र सिंह ऐरि टि२० आई मा शतक पुरा गर्ने चौथो खेलाडी हुन्।
तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरि र रोहित पौडेलले ९६ रनको उत्कृष्ट साझेदारी गरेका थिए। रोहित पौडेल ५१ रन बनाउँदै पवेलियन फर्के। ३४ बलको सामना गरेका पौडेलले ५ चौका हान्दै ५१ रनको योगदान दिएका थिए।
१३ औँ ओभरको चौथो बलमा लामो सट खेल्ने धुनमा रहँदा उनी मोहम्मद अमिरको बलमा मुहम्मद स्यादातबाट क्याच आउट हुन पुगे। पाँचौ विकेटका लागि ऐरि र आदिल अन्सारीले ५९ रनको साझेदारी गरे। आदिल १४ रनमा रन आउट भए।
ओपनर आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट भए। ९ बलमा ३ चौका हान्दै शेख पवन दिपको बलमा सर्विन मुनियन्डीबाट क्याच आउट भए। ८ बलमा २ चोका हानेका भुर्तेल भने मुहम्मद वाफिकको बलमा एलबीडब्लु धरापमा परे। आरिफ शेख २ रनमा पवेलियन फर्के।