काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि इन्धनको मूल्य बढेको आरोप लगाएका छन् ।
रुसले सानो मुलुक युक्रेनमाथि आक्रमण गरेका कारण विश्वभर नै पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको बाइडेनको भनाइ छ । उनले मूल्य वृद्धि मात्र हैन कैयौँ देशमा अहिले कतिपय देशमा खाद्यान्नलगायत अत्यावश्वश्यकीय वस्तुको समेत अभाव हुनुमा पुटिन नै दोषी भएको दाबी गरेका छन् ।
यस्तो मूल्य वृद्धि कम गर्न पनि अब पुटिनले नै युक्रेनमाथिको आक्रमण रोकेर भूमिका खेल्नुपर्ने बाइडेनको भनाइ छ ।