काठमाडौँ। दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ । विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको हो ।
विमान दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी रहेको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।